जगत जननी माता जानकी को पवित्रभुमि जनकपुरधामका उधोगी व्यापारीहरुले उधोग एंव व्यापारको हक हितको संरक्षण एंव सम्बद्र्घन तथा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकशित गर्दै लैजाने उदेश्यले सम्पर्ण उधोगी एंव व्यापारीहरुलाई एक सुत्रमा एकताबद्घ गरी वि.सं. २००९ सालमा बसन्त पञ्चमीको दिन जनकपुर व्यापार संघ नामक यो स्वशासित संस्थाको रुपमा स्थापना भए तापनि मिति २०६२।०५।२२ गते जिल्ला प्रशासन कार्यालय,धनुषामा जनकपुरधाम उधोग वाणिज्य संघको नाममा संस्था वैधानिक रुपमा दर्ता रहेको छ । यो संघ नेपाल उद्योग वाणिज्य महासंघ,काठमाण्डौ मा संस्थापक सदस्य रुपमा आवद्ध रहेको छ । यस संघको ५२ औ साधारण सभा वाट संस्थाको नाम परिवर्तन भई जनकपुरधाम उद्योग वाणिज्य संघको भएको छ ।